• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

बथनाहामा महिला सशक्तिकरण तथा बेचबिखन न्युनिकरण तालिम सम्पन्न

img

असार । सप्तरीको महदेवा गाउँपालिकाका महिला सशक्तिकरण तथा किशोरीहरु बेचबिखन ओसार पसारको विरुद्धमा लागिपर्ने जागुरुकत्ता देखाएका छिन् । बथनाहाको एक कार्यक्रम विच दाईजो प्रथाका चपेटमा परेका व्यक्तिहरुको चेलिबेटिलाई पैसाको आभावमा समयमा विहा गर्न नसकि गलत संगत एवं विभिन्न प्रलोभनमा परेर गलत मार्ग अपनाएर घरबाट निस्केका छोरी चेलीहरुलाई नियन्त्रण गर्न र राज्यको हरेक क्षेत्रमा महिलाहरुको सहभागिता जनाउन लागि पर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

संजय पासमानले उद्धघोषण गरिएको सो कार्यक्रममा महदेवा गाउँपालिकाको सहयोग तथा नेपाल सामुदायिक विकास मंचको आयोजनामा महदेवा गाउँपालिका वडा न. ३ बथनाहामा सम्पन्न महिला सशक्तिकरण तथा बेचबिखन ओसार पसार नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रमको समापन समारोहमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

आयोजक संस्थाका अध्यक्ष आकाश कुमार राजभण्डारीको अध्यक्षता तथा वडा न. ३ का वडाअध्यक्ष अनिरुद्ध प्रसाद यादवको प्रमुख आतिथ्यमा समपन्न सो तालिमको समापन समारोहमा वडा सदस्य संजय कुमार यादव ,दलित वडा सदस्यद्वय जानकी देवी सरदार ,शान्ति देवी सरदार ,योगेन्द्र मालाकार लगायतका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो भने सो तालिममा प्रशिक्षकको रुपमा मनोहर कुमार पोखरेल तथा आकाशराज भण्डारीले सहजिकरण गर्नुभएको थियो भने उक्त तालिममा स्थानीय ६० जना महिला तथा किशोरीहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । संस्था सहयोगि अनिसा साहले कार्यक्रममा सहयोग गरेकी थिईन् ।

img

Share: