-भुपदेव माली
कुनै ठाउँ विशेषलाई विकसीत पार्न एवं त्यहाँका जनताको आर्थिक उन्नतिका लागि बाहिरी अर्थआर्जन हुने श्रोत प्रकृयाको आधार हुनु जरुरी हुन्छ । त्यस क्षेत्रलाई ब्यापारीक केन्द्र (बाजार), औद्योगिक क्षेत्र स्थापना अथवा एक आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुनु जरुरी हुन्छ । यसका लागि जनतामा चेतना तथा क्षमता अभिबृद्धि बढि महत्व राख्दछ । समाजमा पर्यटकीय विकासको नीति अवलम्वन गरी त्यसलाई कार्यान्वयन गर्नु पर्दछ ।
२ नं. प्रदेश एवं सप्तरीको प्रदेशद्वारा भारदह यसै प्रकारको एक स्थल हो जहाँ प्रकृतिको हरेक सौन्दर्य भएपनि एक सार्थक सोचको आभावमा यस ठाउँको विकास हुन सकेन । भारदहको अतितलाई कोट्याउँदां यहाँ अवस्थित विशालतम कोशी नदीलाई नियन्त्रण तथा कोशी नदीमा ब्यारेज निर्माण सम्बन्धी कार्यका लागि कोशी प्रोजेक्ट नामक क्याम्पको स्थापना, त्यस लगतै कपडा कारखाना, राईस मिल आदि को स्थापना भएकै हो र केही दिनसम्म चलेको पनि हो । जसको प्रभावले यहाँका स्थानीयहरुको बेरोजगारी समस्याको अन्त्ये र ठाउँको भौतिक संरचनाको विकासको प्रारम्भ पनि थालेको थियो । तर यहाँका केही ठुला-बडा सामन्तहरुलाई आफ्नो तानाशाही शासन अन्त्ये हुने डरले विभिन्न सढयन्त्र द्वारा कोशी कोलोनी र यहाँ निर्मित अन्य उद्योग कारखानाहरु लाई पलायन हुन विवश गरे । जस कारण यस ठाउँको विकासीय गति स्थगित हुन गयो । अव त गाउँ विकासका लागि एक मात्र माध्यम रहेको छ .यस ठाउँको पर्यटकीय प्रवद्र्धन, पर्यटकीय विकास । यस क्षेत्रमा आकर्षक रहेका स्थलहरु कोशी ब्यारेज, कोशी टप्पु बन्यजन्तु आरक्षक र कंकालिनी भगवती मंदिर हो , जसलाई ब्यवस्थित गर्न सकनु पर्दछ । यी तिनवटै क्षेत्रहरुलाई पर्यटकीय विकास गर्न स्थानीय बुद्धिजीवीहरु, समाजसेवीहरु र जनप्रतिनिधिहरुले सामुहिक रुपमा पर्यटकीय विकास प्रवद्र्धन सम्बन्धी नीति अवलम्वन गरि एक ठोस योजना पारित गरेर कार्यान्वयन तिर जानु पर्दछ । निजी स्वार्थभन्दा माथि उठेर सेवा गर्ने भावनाको विकासमा प्रेरित हुनु पर्दछ ।
स्थानीय विकासको अभिप्राय भौतिक संरचनाको विकासको लक्ष मात्र नभई स्थानीय मानिसहरुको आर्थिक विकास, उन्नति र समृद्धिसँग सम्बन्ध राख्दछ । स्थानीय बासीहरुको आयश्रोत बढाउनका लागि यस क्षेत्रमा रहेका पर्यटन क्षेत्रको विकास गरी आन्तरिक एवं बाह्य पर्यटन भित्रियाउन जनताको आर्थिक अवस्था बलियो पर्नु हो । यदि आर्थिक रुपमा यो ठाउँ सबल हुन सकियो भने यस क्षेत्रको समस्त विकास अवश्यम्भावी छ ।
भारदहको कंकालिनी भगवती मंदिर स्थानीयहरुको चासोको विषय रहेरपनि मौन भएको देखिन्छ । मंदिर क्षेत्र बृहद विकासका लागि श्री कंकालिनी भगवती मंदिर विकास समिति, भारदह नामक संस्थाले समिति द्वारा तथाकथित विकास सम्बन्धी विभिन्न नाराहरु मात्र दिएर हुने होईन । विकासको नाम मा मंदिर क्षेत्रमा रहेका विभिन्न पसलेहरु संग, मंदिर दर्शन(पूजागर्न आउने श्रद्धालुहरु संग विभिन्न पूजा तथा अन्य कतिपय नामले असुल गरिने चर्को शुल्क जस्ता प्रवृति तथा स्वार्थी सोचलाई न्युनिकरण गर्नु पर्दछ , यो पर्यटकीय विकास एवं प्रबद्र्धनको दृष्टिले अमर्यादित हो । मंदिर विकासीय निर्माणका लागि विभिन्न दात्रि- संस्थाहरु र नेपाल सरकारका विभिन्न निकायहरु बाट प्रदत योजनाहरुका बजेट समय अनुकूल आवश्यक भएका निर्माण कार्यहरुमा खर्च नगरि तत्काल अनावश्यक निर्माण कार्यमा खर्च गरिनु र हर-हिसावमा पारदर्शिता नअपनाउँनु अवस्था कसैसँग लुकेको छैन् । त्यति मात्र नभई वडा दशैको बेलामा लाखौँ रकम आम्दानी भएको अवस्थामा अनावश्यक खर्च देखाउनु र राँगा लुटी तथा कतिपय ब्यक्तिहरुले असुल गरिएका रकमहरु बर्षौ विति-सक्दा पनि समितिलाई नबुझाउनुको अभिप्राय के हुन सक्छ ?
जून बयक्तिका सोच संकिर्ण हुन्छ, त्यस ब्यक्तिले गरेका कार्यहरुको परिणाम पनि सकिर्ण नै हुने गर्दछ । मंदिर परिसरलाई फराकिलो बनाउने ठाउँमा अझ छोटो पार्ने कार्यहरु गर्नु समितिका एकल सोचका कारण मंदिर क्षेत्रका बृहद विकास ह्ुन नसक्नु, वरपरका जग्गाहरुलाई केही ब्यक्तिहरुले निजि कार्यमा प्रयोग गरिनुको कारण के हुन सक्छ ? पुरानो समितिको जिम्मामा रहेका रकम अशुल नगर्नु, राङ्गा लुटनेहरुलाई कार्वाही नगर्नु, मंदिर क्षेत्रका जग्गाहरु केही सिमित ब्यक्तिहरु अतिक्रमण गरी भाडाको पैसा उडाएर खानेहरु माथि समिति द्वारा कार्वाही नगरिनुको कारण नातावाद र जाति वाद नै हो ।
अधिकारिक रुपमा जिम्मा लिएका ब्यक्तिहरु किन मौण छन् ? भन्ने विषयहरु आफन्तवाद(जातिवादका परिचयक हुन र यही सोच र व्यवहारले गर्दा कंकालिनी भगवती मंदिरलाई पर्यटकीय विकास तथा प्रबद्र्धन कार्यका मुल बाधक बन्न गएको छ ।
प्रकृतिको बरदान हो भारदहका सुन्दर भूमि, हरेक दृष्टिले सुशोभनीय छ । यहाँ रहेका कोशी टप्पु बन्य(जन्तु आरक्ष पर्यटन आकर्षणको केन्द्र बन्न सक्दछ । बन्य-जन्तु क्षेत्रमा (कोशी ब्यारेजको पश्चिमी-उत्तरी क्षेत्रमा केरा बगानको पूर्वी-उत्तरी भेगमा पर्यटकीय अकर्षण बनाउन विभिन्न बन्य(जन्तु तथा चारा(चुरुङ्गी हेर्ने गोलघर अथवा अवलोकन पोईन्ट निर्माण र कोशीको पश्चिमी भागमा ताल-तलैया तथा ग्रीन-पार्क निर्माण गरी नदी समेतमा बोटीङ्ग सर्भिस (डुगाँ सेवा) ब्यवस्था गर्न सकीयोभने एक प्रसिद्ध पर्यटकीय स्थलको रुपमा स्थापित हुने थियो । अझ त भारदहको कंकालिनी भगवती मंदीर लाई आकर्षण बढाउन मंदिरको उत्तरपट्टी रहेको १ कि.मि. भन्दा लामो भारिदह ताललाई ब्यवस्थित रुपमा पुनरनिर्माण गर्न सकियो भने अझ आकर्षणको केन्द्र बन्ने थियो । मंदिरको उक्त ताल लाई बृहद रुपमा खनिएर तालको चारैतिर पार्कहरु, पिकिनिक स्पोर्ट एवं तालको विचभागमा एक सूर्य मंदिर निर्माण गरी मंदिर जाने डुगाँ सेवा ब्यवस्था संचालन गरी पर्यटकीय ब्यबस्था मिलाउन सकिन्थ्यो । यस प्रकारका पर्यटकीय विकासबाट यहाँका सयौँ घर-परिवारलाई विभिन्न रोजगारको अवसर प्राप्त हुने थियो । भारदहका लगभग ७० प्रतिशत मानिसहरु कृषि कार्यमा लागेका छन् । लगभग ४० प्रतिशत भन्दा बढि मानिसहरु सुकुम्वासीको अवस्थामा छन् । जो कृषि मजदुरी अथवा देश भन्दा बाहिर रोजगारमा लागेका छन् । यी सुकुम्वासीहरु आफनो स्थानमा रोजगारको अभावलाई हटाउन पर्यटकीय विकास एवं ब्यवस्थापनले अवसर प्रदान गरिने थियो । तर यहाँका केही सामन्ती सोच बोकेका (हुने खानेहरु) नेता तथा समाजसेवी भनाउँदाहरुको संकिर्ण मानसिकताका कारण यस ठाउँलाई यथास्थिति मै राख्ने अवस्था विद्यमानै छन् ।
एक इमानदार समाजसेवीले समाजको उत्थान, समाजको विकास गर्न निर्ममतापुर्वक हिंसा, बल र दमनको सहारा लिनु पर्दैन । यस प्रकारका सोच बोकेका व्यक्तिले यदि आफूलाई जनसेवक भन्छन भने त्यो “अहम” मात्र हुन सक्छ । निर्दयतापूर्ण नीतिहरुको माध्यम द्वारा समाज तथा ठाउँको विकास गर्न ठान्ने उ आफ्नै विरुद्धमा “विष” छरेको बुझ्नु पर्दछ । जातिवाद-नातावादका प्रबल नारा दिएर जातीय लठौत अथवा उच्चश्रृङखल असमाजिक तत्वहरुको प्रयोग गरेर समाज वा ठाउँको विकास असम्भव नै हो । यस प्रकारका विकृतिपूर्ण मानसिकतालाई त्यागेर मात्र कुनै पनि विकास कार्य सम्भव छ । भारदहका पर्यटकीय विकास गर्न स्थानीय सरकार तथा प्रदेशीय सरकार समेतको ध्यानकर्षण भए मात्र यो ठाउँ र देशको एक सुन्दर(आकर्षक पर्यटकीय विकास तथा प्रवद्र्धन सम्भव छ ।
(लेखक पत्रकार हुन् ।)