• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

रुपनी गाउँपालिकामा विकासीय निर्माण कार्यको जाँच गर्ने निर्देश (भिडियो सहित)

img

भुपदेव माली…..
राजविराज, २४ असार । सप्तरीको रुपनी गाउँपालिकामा विकासीय निर्माण कार्य सम्पन्न भएका तथा सम्पन्न हुने अवस्थामा रहेका मुख्य निर्माण कार्यहरुलाई अवलोकन–जाँच गर्न गाउँपालिका अध्यक्ष हरेरम यादव द्वारा एक अनुगमन टिमलाई निर्देश दिएको छ । जस टिममा उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, प्रविधिक समेत रहेको छ । प्रत्येक वडाहरुमा योजनाहरु लाई कार्यान्वयन गर्न बनिएको उपभोक्ता समिति तथा वडाध्यक्षहरु लाई समय सिमा भित्र सम्झौता अनुरुप गुणस्तरीय निर्माण कार्य गर्न पत्राचार समेत गरिएको थियो । अध्यक्ष यादवको भनाई छ। निर्माण कार्यहरु लाई प्राविधिक जाँच गरी उक्त निर्माण कार्यलाई उपभोग गर्ने जनताहरु द्वारा सम्पन्न कार्य संतोषजनक भएको प्रतिकृया आएमा मात्र विल फर्छौट गर्ने जानकारी प्राप्त भएको छ ।

गाउँपालिकाको ६ वटै वडाहरुमा १–१ करोड रकम जनसंख्या एवं भौगोलिक आधारमा योजनाहरु कार्यान्वयन गरिने मध्ये केही योजनाहरु सम्पन्न भई सकेको छ भने केही योजनाहरु निर्माणाधिन अवस्थामा रहेको जनाएको छ । केही मुख्य योजनाहरु निम्न प्रकारका छन् । १. वडा नं. १ राजमार्ग देखि रुपनी माई स्थानसम्मको सडकमा माटो तथा ग्रैभल ५००ह६ मीटर, लागत रु. १० लाख, २. रायपुरको चौधरी टोलदेखि मा.वि. हुदै कारी महतो घर छेउ कृषि सडकसम्मको सडकमा माटो तथा ग्रैभेल १७५०ह७ मिटर, लागत रु. २० लाख, ३. लेलहाईको इनार देखि लालो महतो तथा किशोरी चौधरीको घर हुदै कृषि सडक सम्म १०००ह५ मिटर, लागत रु. १० लाख, ४. रुपनी बाजार ब्यवस्थापन तथा माटो पुरिएर फराकिलो गरी सरसफाई समेत गरिएको लागत रु. १० लाख, ५. कृषि भवनको माथिल्लो तल्लाको निर्माण, भ¥याङ्ग निर्माण, रंग–रोगन तथा अन्य मर्मत संमार चालु अवस्थामा छ । ६. वडा नं. ३, विद्यालय भवनमा झ्याल–ठोका निर्माण तथा मर्मत संभार कार्य लागत रु १५ लाख, ७. हर्दिया बाटोमा कल्भर्ट, माटो तथा ग्रैभेल लागत रु. १०ं८ . १८ लाख, ८. रामेश्वर मण्डलको घरदेखि भगवती मंदिरसम्मको बाटोमा माटो तथा ग्रैभेल विच्छयाएको लागत रु. १५ लाख, ९. वडा नं. ५ बसवीट्टीको मा.वि.मा अधुरो भवनको निर्माण कार्य गरी सपन्न कार्यमा २० लाख, १०. बसबीट्टीको सडकमा च्ऋऋ ढलान कार्यमा लागत रु. २० लाख, ११. गढीयाको सडकमा च्ऋऋ ढलान कार्यमा लागत रु. २० लाख, १२. वडा नं. ६ तेरहौता विद्यालयको पुरानो भवनमा वाल, झ्याल–ढोका, भ¥याङ्ग निर्माण तथा मर्मत संभार, १३. विरेन्द्र बाजारमा नाला–ढलनिकास र बिरेन्द्र बाजारदेखि नया बस्ती सम्म सडकमा माटो तथा ग्रैभेल कार्य लागत रु. २० लाख, १४. नयाँ बस्तीदेखि जगमोहनको चौधरी टोल सम्मको सडकमा माटो कार्य लागत रु. १३ लाख , १५. वडा नं. २ लौवापारमा गाउँपालिका स्तरीय खेल मैदानमा माटो पुरिएर मैदान निर्माण कार्य लागत रु. १० लाख आदि मुख्य योजनाहरु छन् ।
३ वर्ष भित्र रुपनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा बाटो–सडक निर्माण, खानेपानी सुविधा, सुलभ शिक्षा व्यवस्था तथा स्वास्थ्य सेवाको अभावलाई अन्त्य गरिने र यस कार्यमा बाधा पु¥याउने कसैसंग कुनै सझौता नगरिने अध्यक्ष यादवको दावी रहेको छ ।

img

Share: