• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

सत्याग्रह तुहाउने षड्यन्त्र गरेको आरोप: डा. गोविन्द केसी

img

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। सरकारले कर्णालीबाट आफुलाई काठमाडौं लैजाने प्रयास गरेको र त्यो सत्याग्रह तुहाउने षड्यन्त्र भएको उनको आरोप थियो।

प्रदर्शनपछि नयाँ बानेश्वरमा भएको कोणशभाको सुरुवातमा कर्णालीबाटै रेकर्ड गरिएको डा केसीको अडियो सामाग्री सुनाइएको थियो।

आफूले राखेका मागहरु सम्बोधन गर्न सरकार तयार भए अनशन तोड्न तयार रहेको पनि उनले प्रष्ट पारे। ‘सराकारले यदी मैले राखेका मागहरु पूरा गर्छ भने तुरुन्तै अनशन तोड्न तयार छु।’, डा केसीले भने,‘सरकारले माफियामुखी चिकित्सा शिक्षा ल्याउन खोजेको छ।’

डा केसीको समर्थनमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, स्वास्थ्यकर्मी, कानुन व्यवसायी तथा सर्वसाधारणहरुको सहभागितामा आज माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आई कोणशभामा परिणत भएको छ।

img

Share: