• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एक सत्ता आगडी भत्किए महुली पुलको सडक मर्मत काम शुरु

img

सप्तरी । सप्तरीको अग्सिाइर कृष्णासवरण गाउँपालिकास्थित भत्किएको महुलीको पुल मर्मतको काम शुरु भएको छ । एक सत्ता आगडी पूर्व पश्चिम राजमार्ग अन्तर्गत उक्त ठाउँमा रहेको महुली पुलको सडक भत्किएको थियो । सडक भत्किनुका साथै पुलमा चिरा समेत परेको थियो ।

पुल मर्मतको काम सडक विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले शुरु गरेको छ । यातायातमा अवरोध नहुने गरी पुलको मर्मत काम शुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

सडक भत्किएको ठाउँमा तारजाली लगाएर मर्मत गर्ने काम थालिएको छ । मर्मतको काम गर्न एक साता लाग्ने प्राविधिकहरुले बताएका छन् ।

२०२८ सालमा निर्मित एक हजार एक सय ३४ मिटर लामो पुलको बीचमा चिरा परेर उत्तरतर्फको सडकको भाग भत्किएको छ ।

बाढीले पुलमा क्षति पु¥याएको जानकारी पाए पनि समयमै आवश्यक श्रोत साधन जुटाउन ढिलाई हुँदा पुलको एक भाग भत्किएको हो ।

भासिएको भाग पुरै नभत्काई मर्मत गर्न नमिल्ने भएकाले कार्यालयले चर्किने बित्तिकै मर्मत गरेन भनी ठूलो मुद्दा बनाउन नहुने तर्क गरे ।

पुलको उत्तरतर्फको भाग भत्किएपछि हाल दक्षिणतर्फबाट एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ । एकतर्फी रुपमा यातायात सञ्चालनमा आइरहेकाले तत्काल आवागमन ठप्प नभए पनि वर्षा लागेपछि खोलामा आउने बाढीले खोलाको सतह कटान गरेर बाँकी भागमा पनि क्षति पुर्याउन सक्ने स्थानियले बताइन् ।

img

Share: