• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

प्रति दिन १०० वटा भन्दा धेरै चुरोट सेवन गर्ने कलाकारहरु

img

एजेन्सी। तपाइँले बलिउडका फिल्म हेर्नु भएको छ भने ती फिल्ममा कलाकार निकै संस्कारी देखिन्छन्। उनीहरु आफ्ना आमा बुवाले भनेको कुरा मान्छन्। आफ्नो परिवारको हेरचाह गर्छन् र मानिसलाई सहयोग पनि गर्छन्। फिल्ममा देखाएको भूमिकाका आधारमा हामी उनीहरुमाथि आफ्नो धारणा बनाउँछौं। के तपाइँलाई थाहा छ तपाइँले मन पराएका कलाकारका कयौं नराम्रो बानी हुन्छ। जसमा चुरोट पिउन पनि एक हो। आज हामी तपाइँलाई यस्ता तीन कलाकारको विषयमा बताउन गइरहेका छौं जसलाई चुरोट सेवन गर्ने नराम्रो बानी छ।


शाहरुख खान : युवतीबीच निकै लोकप्रिय शाहरुख खान चेन स्मोकर हुन्। शाहरुख एक दिनमा एक सयदेखि १२० वटासम्म चुरोट सेवन गर्छन्। शाहरुखको परिवार उनको चुरोट सेवन गर्ने बानीले निकै चिन्तित छ। तै पनि शाहरुख खानले चुरोट सेवन छोड्न सकेका छैनन्।


सलमान खान : सलमान र शाहरुख खान नजिकका साथी हुन्। यी दुईबीच कयौं कुरामा समानता छ। ती मध्ये चुरोट सेवन गर्नु एक समानता हो। बलिउडका दबंग खान फिल्ममा निकै संस्कारी देखिन्छन्। वास्तविक जीवनमा सलमानको चुरोट सेवन गर्ने नराम्रो बानी छ।


अजय देवगन : अजय देवगन बलिउडका लोकप्रिय अभिनेता हुन्। उनको यो सफलतामा एउटा नराम्रो बानी पनि छ। अजय देवगन चेन स्मोकर हुन्। उनी दिनमा ५० देखि ६० वटासम्म चुरोट सेवन गर्छन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी