• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

गोबरगाढाको अवस्था दिन प्रति दिन डर लाग्दो रुपलिदैं

img

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१३ गोबरगाढा बस्तीमा कोशी नदी बाढी प्रभावितका कारण तहाँको अवस्था दिन प्रति दिन डर लाग्दो रुपलिदैं ।
गोरवरगाढा बस्तीमा कूल ६४ घर परिवार वसोवास रहेको छ । कोशी नदी मुखमा भएकाले अत्ति बाढी प्रभावित भएका कारण कोशी नदी एक हप्ता देखि बहाव बढीपछि गोरबरगाढा जलमगन भएको छ । त्यहाका जनसमुदायहरु घरमा ३÷४ फिट पानी घरमा जमेपछि विद्यालयमा र केही घरको छानामाथि बसेर गुजारा गरीरहेको छ ।

स्थानिय बासीहरु दलित सदा, मुसहर संख्या बढी रहेका कारणले शिक्षाको अभावको कमीले गर्दा स्थानिय नेताहरु मतदानको समयमा मात्र हेरचाह गर्ने तर विपद् का बेला कौइन जाने स्थानियहरुको गुनासो छ ।

बस्तीमा बाढी पसेको एक हप्ता भन्दा बढी भएपनि कुनै किसिमको राहत तथा आवश्यक औषधी उपचार समेत स्थानिय तहले उपलब्ध गराईको छैनन स्थानिय महिला छोटकी सदाले गुनासो गरिन ।

घर घरमा पानी पसेका कारण खाना पकाउने ठाँउ समेत नभएकाले भुजा, चुरा, चउचाउ खान बाध्य भएका छन । बस्तीमा बाढी पसेपछि धेरैलाई अहिले खानेपानीको समस्या छ । ट्युबवेल डुबेकाले धमिलो पानी आउन थालेको छ । ‘धमिलो पानी खानुपरेको छ, अधिकाश बच्चा तथा महिला प्रदुषित पानीका कारण बिरामी भए अवस्था दैखिन्छ ।

आज नेपाल सामुदायिक विकास मञ्चका सदस्यहरु गोवरगाढा पुगी स्थानिय बासीको गुनासो तथा अबस्था बुझि आएको छ । साथै स्थानियहरुका लागी केही राहत समाग्री समेत वितरण गरेको मञ्चका सचिव योगेन्द्र मालाकारले बताएका छन ।

अवस्था अवलोक गर्दा सवै समुदायको घरमा पानी पसेको छ र खाने कुराहरु नष्ट भएको छ तर तत्काले खाने समाग्री, पानी तथा औषधीको व्यवस्था हुन आवश्यक छ मालाकार ले न्यूज वन नेपाललाई बताएको छ ।

गोवरगाढाका बाढी प्रभावित दृश्यहरु

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी