सप्तरी । सप्तरीको तिलाठीकोइलाठी गाउँपालिकाको राजबिराजस्थित सम्पर्क कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्।
भौतिक पूर्वाधार शाखामा, कार्यरत कार्यालय सहायक राजकुमार मण्डल घुससहित पक्राउ परेका हुन्। उपभोक्ता समितिलाई भुक्तानि दिने सन्दर्भमा विभिन्न बहाना बनाई उनले घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको हो।
बिशेष अनुसन्धानका लागी मण्डललाई इटहरी शाखामा लगीएको छ ।