• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मलेठ घटनाको प्रतिवेदन खारेजीको माग गर्दै राजपा आन्दोलित

img

सप्तरी । झन्डै डेढ वर्षअघि सप्तरीको मलेठमा ५ जनाको ज्यान जानेगरी भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै राजपा सप्तरीले मलेठ चोकमा १ घण्टा धर्ना , चक्काजाम गरेको र प्रतिवेदन जलाएको छ।

आज बिहान देखि सप्तरीका बिभिन्न ठाउँमा र राजविराज–रुपनी सडक खण्डअन्तर्गत मलेठमा आयोजित धर्ना र चक्काजाममा सहभागी राजपाका नेता, कार्यकर्ताले प्रतिवेदन खारेज हुनुपर्ने माग गरेका थिए।

सोमबार सार्वजनिक भएको आयोगको प्रतिवेदन एकपक्षीय, पूर्वाग्रही तथा विरोधाभाषपूर्ण रहेकाले खारेज हुनुपर्ने राजपाका महासचिव मनिष सुमनले बताए। ‘घटनाको यथार्थ विश्लेषण नगरी एकपक्षीय, पूर्वाग्रही तथा विरोधाभाषपूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छ। यसले आम जनतामा भ्रम सिर्जना गर्ने काम गरेको छ।’, नेता सुमनले भने।

२०७३ फागुन २३ तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।
घटनाबारे अध्ययन गर्न मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारी संयोजक रहेको उच्चस्तरीय छानबिन समिति बनाएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ‘फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको’ उल्लेख छ।

दुवै पक्षबाट सुरक्षा निकाय र प्रशासनलाई निरिह बनाइएको पनि प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा कार्यक्रम स्थलमा केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु आक्रोशित भइ पर्खाल नाघेर कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा तैनाथ सशस्त्र प्रहरीले गोली चलाएको उल्लेख छ।

यसैगरी, प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको, कयौं व्यक्ति घाइते भएका र केही घाइतेको शरीरमा अहिले पनि गोली रहेको प्रतिवेदनमा उल्लेख छ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी