• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रम

img

विराटनगर– नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए ।

उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलग–अलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गरे ।

एक प्रश्नको जवाफमा उनले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उनको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुन नहुने बताए ।

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल ९लोकतान्त्रिक० र काँग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए ।
उनले यस सम्बन्धमा सोमबार नै काँग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जानकारी दिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी