गोवरगढा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१३ गोवरगाढामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन ।
नेपाल सामुदायिक विकास मञ्च nsdc भारदह तथा गैंर आवाशीय मधेशी संघको संयुक्त आयोजनामा कोशी बाढी पिडित जनसमुदायका लागी एक दिने निःशुल्क स्वास्थ्य शिविर गोबरगाढामा सम्पन्न गरिएको छ ।
मञ्चका आयोजनामा संचालित शिविरमा बिभिन्न कम्पनीका ३२ किसिमका औषधी उपलब्ध गराएका थिए ।
शिविरमा जरो, रुगाखोकी, झाडापाखाला, निमुनियन, आँखा पाकेका, छाला जस्ता बिरामीका बढी मात्रामा संख्या रहेको चिकिचस्कहरुले बताएका छन ।
शिविरमा दुई जना एमबीबीएस डाक्टर तथा पाँच जना हेल्थ एसिसिटेट लागाइत अहेव स्वास्थ्यकर्मीहरु उपस्थिति रहेको थियो ।
शिविरमा १ बर्ष देखि ७० बर्ष सम्मका बिरामीहरु सहभागीता जनाएका थिए ।
१५० जना बिरामीको चेक जाँच गरी औषधी बितिरण गरिएको मञ्चका कोषाध्यक्ष कुन्दन कुमार मण्डलले बताए ।
शिविर जादाँ स्थानिय जनताहरुको प्रतिक्रिया
स्वास्थ्य शिविर आउँदा खुशि व्यक्त गर्दे शान्तिदेवी सदा भन्नु हुन्छ “जनता दुख कष्ट भोगी रहेको अवस्थामा नेताहरु हनुमाननगर केन्द्रित भई बसेका छन । जनतालाई भोट र चुनाव का बेलामा मात्र पुछने तर दुःखको बेला कुनै नेता नदी खोला तरेर आउदैं बिकास बजेट पैसा उते खाने उतै बस्ने गरेका हुन्छ । गरिब जनता मरे जले तापिने नेताहरु बजेट बिकाशिय पैसा खादै मालमाल बन्दै हिडेका छन भने उहाँ आरोप रहेकाछन ।
अर्को प्रतिक्रिया स्वास्थ्य शिविर आयोजना गरेको नेपाल सामुदायिक बिकास मञ्चलाई धन्यवाद दिदै सिता राम यादब भन्नु हुन्छ चुनाउ आगडी ढकिया ढकिया बचा गर्ने तर चुनाउ जिते पछि एक चौटी हेर्न पनि नआउने चुनाउ चिते मेयर भएका निर्वाचित अहिले सम्म एक चौटि पनि आफनो जनतालाई हेर्न आएका छैन बिकास नाम करोडौ रकम आउने तर एउटा स्वास्थ्य चौकी र दुई ओटा नाउ भन्दा बढी केही यहाँ आएका छैन । खालि कागज मात्रै कार्य सम्पन्न गर्ने तर मारमा परेका गरिव जनतालाई हेर्न सुध नआउने उहाँको आरेप रहेका छन ।