• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

माईक्रोदुर्घटनामा १७ जना यात्रु घाइते,६ जनाको अवस्था गम्भीर

img

कंचनपुर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.– ८ स्थित बदगामामा माईक्रो र बस ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।

काठमाण्डौ वाट बिराटनगर दिशातिर  जाँदै गरेको बा३ख ८४८५ नम्बरको माइक्रो बसलाई सोही दिशामा जाँदै गरेको को१ख ४४६८ नंको बसले ठक्कर दिएपछि दुर्घटना भएको थियो। बसको ठक्कर खाएर माइक्रो बिजुलीको पोलमा ठोक्किएको थियो।

गम्भीर घाइते ६ जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ। जसमध्ये सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरका २८ वर्षीय उज्वल रेग्मीको अवस्था चिन्ताजक रहेको इन्स्पेक्टर प्रतीक विष्टले बताए।

अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलका केही दृश्यहरु

img

Share:
img

ताजा अपडेट

क्याटोगरी