• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन कांग्रेसको माग

img

सप्तरी । सिँचाइको व्यवस्थापन र पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएकाले सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन सप्तरी कांग्रेसले माग गरेको छ।

बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिन माग गरेका हुन्।

सप्तरीको अधिकांश क्षेत्रमा सिँचाइको व्यवस्था नरहेको र लामो समयदेखि वर्षा पनि नभएकाले अनिकाल पर्नसक्ने खतरा बढेको भन्दै यादवले त्यसका लागि समयमै योजना बनाउन सरकारको ध्यानाकर्षण गराए।

यस्तै, मुलुक संघियतामा गएपछि सप्तरीमा रहेका कतिपय सरकारी कार्यालय र संस्थानहरु अन्य जिल्लामा सारिएको प्रति यादवले आपत्ति जनाए। कार्यालय सार्ने सरकारको निर्णय तत्काल सच्याउनु पर्ने उनको माग छ।

यसैगरी, स्थानीय, प्रदेश र संघीय सरकारद्वारा जिल्लामा सञ्चालित विकास÷निर्माणका काममा व्यापक अनियमितता भइरहेकाले त्यस्ता कार्य रोक्न र दोषीलाई कारबाही गर्न यादवले सुझाव दिए।

अतिक्रमण हटाउने नाममा उच्च अदालत राजविराज इजलासको आदेश विपरीत राजविराज नगरपालिकाले व्यक्तिगत घर भत्काइरहेकाले उक्त घटनाको यथार्थ छानविन गरी कारबाही गर्न समेत यादवले माग गरे। उनले पार्टीको मागलाई वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

img

Share: