• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

भारतको ७२औं स्वतन्त्रता दिवस भव्यता साथ सम्पन्न

img

सप्तरी । भारतको ७२औं स्वतन्त्रता दिवस नेपालपनि भव्यता साथ सम्पन्न भरिएको छ ।
नेपालका बिभिन्न स्थानमा रहेका भारतिय कार्यालय स्थानमा नेपाल भारत मैत्री रुपमा झण्डा आरोहन गरि मनाएका छन ।

त्यस्तै सप्तरीको भारदह कोशी कौलनीमा मा संयुक्तरुपमा नेपाल भारतका झण्डा आरोहण गरि ७२औं स्वतन्त्रता दिवस मनाएका छन ।

काठमाण्डौमा रहेको भारतिय राजदुता बासमा पनि कार्यक्रम आयोजना गरि नेपालका विभिन्न सामाजिक संघसंस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ।

भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरे।

समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो।

img

Share: