• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम भव्यता साथ सम्पन्न

img

सप्तरी भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा मधेश आन्दोलन तेस्रोका प्रथम बीर सहिद राजिव राउत, रामकिसुन राउत लगाएत सहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम भव्यता साथ सम्पन्न गरिएको छ ।

सहिदहरु लाई सम्मान दिनका निम्ति युथ क्लव भारदह तथा स्वतन्त्र मधेश गठबन्धनको संयुक्त आयोजनामा कार्यक्रम संचालन गरिएका थिए ।

कार्यक्रमा स्वतन्त्र मधेश गठबन्धनका उपसंयोजक डा. कैशाल स्वराजी तथा गैंर आवाशिय मधेशी संघ का संयोजक निर्मल मण्डल लगाएत श्यामसुन्दर मण्डलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहिद राजिव राउतका बुवा भिम राउतलाई प्रमुख अतिथिको रुपमा सम्मान प्रदान गरिएका थिए ।

श्रद्धान्जली सभामा सप्तरी जिल्लाका बिभिन्न ठाउँ महादेवा, कटैया, राजविराज, कंचनपुर ,भारदह गरी दश हजार भन्दा बढी जनसमुदायको उपस्थिित रहको थियो ।

श्रद्धान्जली सभा विर सहिद राजिव राउताको सम्झनामा मनाइएको युथ कल्ब भारदहका अध्यक्ष शंकर खडगाले बताएका छन ।

सहिदहरु र तिनका परिवारहरुलाई मधेशवादी दलले बेवास्ता गरेको खासै कुनै किसिम चासो नदेखाए पछि ती वीर सहिदहरुको सम्झनामा स्वतन्त्र मधेश गठबन्धन र युथ क्लब भारदहले भव्य कार्यक्रमको आयोजन गरी मधेशी बीर सहिदहरुको परिवारहरु लाई स–सम्मान तथा नगद उपहार सहित सम्मान गरिएको अध्यक्ष खडगाले बताएका छन ।

सहिद राजिव राउत, रामकिसुन राउत, बिरेन्द्र राम लगाएत सबै सहिद परिवारलाई रु पचास हजार नगद तथा सम्मान प्रदान गरिएका थिए ।

कार्यक्रममा बोल्दै उपसंयोजक कैलाशले भन्ने मधेशी जनसमुदायको एक मात्र विकल्प स्वतन्त्र मधेश राष्ट्रिय हो । यी मधेशवादी दलले पटक पटक मधेशको नाम आफनो कुर्सि मात्रै बलियो बनाउने कार्य गरेका छन । आन्दोलनका बेला झुटा आश्वासन दिने मधेशी जनताको हत्या गराउने कार्य गर्ने बाहेक कुनै कार्य गर्न सक्दैन । खालि बोलिको भरमा मात्र अधिकार सुनिश्चीत गर्ने गरेको पाइन्छ । तस्र्थ मधेशी जनताका एक मात्र मार्ग मधेश राष्ट्रिय हो ।

अर्को वक्ताको रुपमा श्यामसुन्दर मण्डलले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता लाई उर्जा प्रदान गर्ने कार्य गरेका थिए । नेपाली समराज्य अन्त हो मधेश देश स्वतन्त्र होस नाराका साथ नेपाली शासक बर्र्ग माथि प्रश्नका बोछार गरेका थिए । गरिव मधेशी जनतालाई शोषन र उत्पिडिन र करको नाममा रगत चुस्ने पिचासका नाम दिएका छन । एक जना प्रहरी मर्दा हतियारा भन्ने तर राजिव राउत जस्ता सयौ मधेशी जनता हतिया गर्दा यी सरकार किन मौन बसेको सरकार माथि प्रश्न उठाएका छन । के दश लाख रुपैया दिएर सहिद परिवारलाई चुप गराएका हुन तर अब स्वतन्त्र मधेश गठबन्धन यस जवाफ चाहिन्छ , भने भनाई राखेका थिए ।

img

Share: