• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

बिमस्टेक सदस्य राष्ट्रमध्ये अर्थतन्त्र : नेपालको स्थान कहाँ

img

काठमाडौं । बिमस्टेक सदस्य राष्ट्रमध्ये अर्थतन्त्रका हिसाबले नेपालको स्थान कहाँ होला ? नेपाल उल्टोबाट दोस्रो, अर्थात सुल्टोबाट छैठौं स्थानमा देखिएको छ । अर्थतन्त्रको आकारमा सातौं स्थानमा रहेको भूटान प्रतिव्यक्ति आयको हिसाबमा भने नेपालभन्दा अगाडि छ ।

बिमस्टेकका ७ राष्ट्रहरुमध्ये अर्थतन्त्र र जनसंख्या दुवैको आकारमा भारत पहिलो स्थानमा छ । एक अर्ब ३० करोड जनसंख्या रहेको भारतको कुल ग्राहस्थ उत्पादन २३ सय अर्ब अमेरिकी डलर छ ।
बिमस्टेक राष्ट्रमध्ये अर्थतन्त्रको आकारमा थाइल्याण्ड दोस्रो स्थानमा छ । करिब ७ करोड जनसंख्या रहेको थाइल्याण्डको कुल ग्राहस्थ उत्पादन चार सय अर्ब डलर छ ।

बिमस्टेक राष्ट्रहरुमा जनसंख्याका आधारमा दोस्रो स्थानमा रहे पनि अर्थतन्त्रको आकारमा बंगलादेश तेस्रो स्थानमा छ । १६ करोडभन्दा बढी जनसंख्या रहेको बंगलादेशको कुल ग्राहस्थ उत्पादन २०५ अर्ब डलर छ ।

त्यस्तै अर्थतन्त्रको आकारमा श्रीलंका चौथो स्थानमा छ । दुई करोड हाराहारी जनसंख्या भएको श्रीलंकाको कुल ग्राहस्थ उत्पादन ८० अर्ब अमेरिकी डलर छ ।

अर्थतन्त्रको आकारमा म्यानमार पाँचौं स्थानमा छ । पाँच करोडभन्दा धेरै जनसंख्या रहेको म्यानमारको कुल ग्राहस्थ उत्पादन ६८ अर्ब अमेरिकी डलर छ ।

बिमस्टेक राष्ट्रहरुमध्ये अर्थतन्त्रको आकारमा नेपाल छैठौं स्थानमा छ । दुई करोड ८० लाखभन्दा धेरै जनसंख्या रहेको नेपालको कुल ग्राहस्थ उत्पादन २७ अर्ब अमेरिकी डलर छ ।

बिमस्टेक सदस्य राष्ट्रहरुमध्ये जनसंख्या र अर्थतन्त्र दुवैको आकार सानो भुटान हो । करीब ८ लाख मात्रै जनसंख्या रहेको भुटानको कुल ग्राहस्थ उत्पादन २.२ अर्ब अमेरिकी डलर रहेको छ । यद्यपि प्रतिव्यक्ति आम्दानीको हिसाबमा भने भूटान नेपालभन्दा धेरै माथि छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी