• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

दाईजो नल्याएको कारण कुटपीट

img

सप्तरी भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वर्डा नं.–४ मधुवापुरमा एक जना महिलालाई दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गरेका छन । दुई सन्तानको आमा समेत भएको उर्मिला कुमारी मण्डललाई ससुरा पक्ष वाट कुटिदा भारदह अस्पतालमा उपचार गरिरहेका छन ।

लगभग ८ बर्ष बिवाहिक जिवन निर्वाहा गरीरहेकी मण्डललाई ससुरा पक्षले दाईजोका कारण बिभिन्न लान्छना , अभियोग लगाउदै आएका छन भने स्थानियहरुले बताएका छन ।

हिजो राती ९ बजे तिर तँ चरित्रहिन छैउ भन्दै ससुरा फगुनी मण्डल, सासु चण्डिका देवी र जेठानी ललिता लगाइत ससुरा पक्षले उर्मिलालाई मनासन्न गरी कुटपीट गरेका छन ।
उक्त घटनाको हजुरी तत्कालले इलाका प्रहरी कार्यालय भारदहमा उर्मिलाकी माइती पक्षवाट गरिएको जानकारी पिडित पक्षका बुवा नथुनी मण्डलले जानकारी गराएका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी