• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

कञ्चनरुप नगरपालिकालाई स्वाइन फ्लु र हङकङ फ्लु प्रभावित विपद् क्षेत्र घोषणा

img

सप्तरी ,कंचनपुर । स्वाइन फ्लु र हङकङ फ्लु प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको छ। कञ्चनरुप नगरकार्यपालिकाको बिहीबार साँझ बसेको आपतकालीन बैठकले नगरपालिका क्षेत्रमा स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी फेला परेको, ४ जना मानिसको शंकास्पद मृत्यु भएको र बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्दै विपद् क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

यसैगरी भदौ ३१, असोज १ र २ गते नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। विद्यार्थीमार्फत भारइसको संक्रमण तीव्र रुपमा फैलन सक्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताए।

आज हरेक विद्यालयमा भाइरसको संक्रमण तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिँदै विद्यालयको पठनपाठन बन्द गर्ने सहमतिसमेत भएको साहको भनाइ छ। उनले थपे, ‘स्वास्थ्य सम्बन्धी जानकारी घरघर पुर्‍याउने सहज माध्यम विद्यालय र विद्यार्थी पनि भएकाले हामीले शिक्षक समेत परिचालन गर्ने निर्णय गरेका छौं।’

कञ्चनरुप नगरपालिकामा सामुदायिक ३० र निजी तथा संस्थागत २४ गरी कुल ५४ वटा विद्यालयमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

दुई वडामा पुनः शिविर सञ्चालन
स्वाइन फ्लुको भाइरस भेटिएको वडा नं ७ र एक जनाको मृत्यु भएको आशंका गरिएको वडा नं ४ मा आज पुनः स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

वडा नं ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको छ भने वडा नं ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ।

यसअघि कञ्चनरूप ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं ३ का १४ वर्षीय किशोर राम र वार्ड नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ २४ गतेदेखि तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा १ हजार १ सय २२ जनाको स्वास्थ्य चेक जाँच गरिएको थियो। जसमध्ये कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए। ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ।

यसैबीच स्वाइन फ्लुको भाइरस देखिएका हरिलाल साहलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनलाई धरानमा आइसोलेटेड गरी उपचार गरिने स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए।

प्रत्येक वडामा औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालित
स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस बढ्न नदिन र बिरामीको स्वास्थ्य उपचार गर्न नगरपालिकाका १२ वटै वडामा स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ। पर्याप्त औषधि सहित ३ सदस्यीय टोली हरेक वडामा परिचालित भएको संयोजक गुप्ताले बताए। संम्भार नेपाल लाइभ डट कम

img

Share:
img

ताजा अपडेट

क्याटोगरी