• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

असोज ३ गते गर्न लागेको विरोध कार्यक्रम शान्तिपूर्ण र रचनात्मक हुनुपर्ने सुझाव :मन्त्री मातृका यादव

img

सप्तरी, राजविराज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गते गर्न लागेको विरोध कार्यक्रम शान्तिपूर्ण र रचनात्मक हुनुपर्ने सुझाव दिएका छन्।

शनिबार राजविराजमा प्रेस संगठन सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न छुट हुन्छ, तर त्यो ध्वंसात्मक चाहिँ हुनु हुँदैन ।’

मन्त्री यादवले प्रधानमन्त्री आफैं संविधान व्यवस्थित गर्न लाग्नु भएको जिकिर गर्दै भने, ‘राजपाले पनि उहाँलाई त्यसको निमित्त समय दिनु आवश्यक छ।’ प्रधानमन्त्रीले राजपाका नेतासँगको पटक पटकको भेटमा पनि संविधान संशोधन गर्न आफ तयार रहेको भनि जवाफ दिइरहेकाले यसका लागि समय दिनु सान्दर्भिक हुने उनको भनाइ थियो।

मन्त्री यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा अगाडि बढिरहेकाले यसमा सहयोग पुर्‍याउन आग्रह समेत गरे।

देशमा व्यापार भन्दा पनि उद्योगको विकासमा जोड दिनु आवश्यक रहेको बताउँदै उनले स्वदेशका युवाले विदेशमा श्रम बेचेर मुलुक समृद्ध हुन नसक्ने दाबी गरे।

स्वदेशको श्रमलाई स्वदेशमै लगाउन बन्द रहेका उद्योग धन्दा सञ्चालनमा सरकार लागि परेको उनले जानकारी दिए। सम्भार नेपाल लइभ

img

Share:
img

ताजा अपडेट

क्याटोगरी