भारदह । सप्तरी हनुमाननगर कंकालिनि नगरपालिका वडा नं.–३ पोर्ताहा स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अबैध पटाका बरामद गरिएको छ ।
बरामद गरीएको अबैध पटाका ३ पोका झोलामा बिभाजित गरी ल्याएको अवस्थामा स्थानीय ईलाका प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त पटाकाको मुल्य रू.७२,६४०/– बराबरको रहेको छ ।
गस्तिमा खटिएको प्रहरी टोलिले बरामद गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले बुझाएको जानकारी जिल्ला प्रहरी कार्यालयले बताएका छन ।
उक्त पटाका तिहार तथा छठ पर्व मा बिक्री गर्नका लागी भारतवाट व्यपारीहरु ल्याउने गरेकाले तथा थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बताएका छन ।