• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रहरीको दादागरीमा मेहतरलाई निर्घत कुटपिट

img

सप्तरी । सप्तरी जिल्ला प्रहरीको दादागरीमा निमुखा बिपन्न परिवारको दलित मेहतरलाई निर्घत कुटपिट गरी घाईते बनाएको छ ।

कार्तिक १ गते शुक्रबारका दिन सप्तरीको राजबिराजमा हत्या गरिएकी आशा देबको हत्यारा पतालगाउने क्रममा बिहिबार घरबाटै पक्राउ गरी हत्या गरेको कबुल गराउन प्रहरीले राजबिराज ६ का बिक्की मेहतरलाई निर्घत कुटपिट गरी घाईते बनाएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

ग्रिन मधेशको सम्भार भिडियो

राजबिराज नगरपालिकाको सरसफाई कर्मचारीको रुपमा कार्यरत मेहतरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनलाई निर्घात कुटपिट गरी उक्त हत्याघटना स्वीकार्न लगाएको उक्त क्रियाकलाप अमानबिय तथा बर्बर रहेको छ । पक्राउ परेका मेहतरलाई अपराध स्वीकार्न प्रहरीले हात खुट्टा बाधेर फलामले घिसार्दै आँखा बाधेर ५ मिनेट सम्म मुख र नाकमा पानि हालेर मर्नासन्न हुने गरी कुटपिट गरेको घटना मानव अधिकारको चरम उल्लंघन रहेको हाम्रो ठहर छ ।

यसरी अपराध अनुसन्धानको नाममा प्रहरीद्धारा अमानबिय तरिकाले कुटपिट पछि घाईते भएका मेहतरको दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै घटनाका पीडितलाई तत्काल स्वास्थ्य उपचारको ब्यबस्था मिलाई दिनुहुन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै बिज्ञप्ति निकाली मणिराज सामुदायिक बिकास केन्द्रले न्यूज वन नेपाललाई जानकारी दिएका छन ।

img

Share: