• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

सडक सुरक्षा बारे ३ दिने कार्यक्रम सम्पन्न

img

सप्तरी, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक दुर्घटना सचेतनामूलक ३ दिने कार्यक्रम सम्पन्न गरिएका छन ।


भारदहका मोटर साइकल चालक ,सिटी रिक्सा चालक तथा आम नागरिकलाई सडक दुर्घटना तथा ट्राफिक नियम बारे चेतना दिने कार्य लगातार तेस्रो दिन सम्पन्न गरेका छन ।
प्रहरी सहायक निरिक्षक श्याम प्रकाश यादव लगाइतका टोलीले प्रशिक्षिण दिन कार्य गरेका थिए ।

सडकमा संकेत गरिएको संकेत चिन्ह को बारे जानकारी र ट्राफिक नियम निति पालन गर्ने आम नागरिकलाई प्रहरी सँग सहकार्य गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय राजविराज तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ संयुक्त आयोजना सडक सभ्यता अभिबृद्धि तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सडक सुरक्षा बारे ३ दिने कार्यक्रम सम्पन्न गरिएका छन ।

img

Share: