रोशन झा, मोरंग
७ पौष २०७५, शनिबार।
पहिलो पाईला नेपाल विराटनगर शाखाको आयोजनामा
बिराटनगर महानगरपालिका १९ स्थित धनपूरा टोलका विपन्न स्थानीय २३ घरपरिवारको सदस्यहरुका माझ न्यानो माया अभियान सन्चालन गरिएका छन् ।
आर्थिक अवस्था नाजुक भएका कारण आवस्यक न्यानो कपडाको अभावले जाडोमा कठ्याङग्रीएर बस्न बाध्य २३ घरका १ वर्ष देखि १२ वर्ष सम्मका ४३ जना बालबालिकालाई पौष ७ गते आज शनिबारको दिन पहिलो पाईला नेपाल बिराटनगर शाखा ले ज्याकेट, ट्राउजर, २३ थान ब्लाङ्केट र सोही ठाँउका अन्य १०० जना वयस्क तथा वृद्ध-वृद्धालाई ज्याकेट, स्विटर लागायतका कपडाहरु न्यानो माया स्वरुप वितरण गरेका छन् ।
पहिलो पाईला बिराटनगर शाखाका सचिव ओम राउतले यस अभियानका लागि देश तथा बिदेशबाट विभिन्न प्रकारले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक आभार प्रकट गर्दै अन्य ठाउँमा पनि यस्ता कार्यक्रम जारी रहने बताएका छन् ।