• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नगरपालिका बिरुद्ध संघर्ष समिति गठन

img

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय अनियमिता तथा भष्टाचार बिरुद्ध संघर्ष समिति गठन ।

सप्तरीको नगरपालिका मध्ये सवै भन्दा बढी भष्टचारी अनियमिता मनोमानी भएकाले प्रतिपक्षी दलले संयुक्त रुपमा संघर्ष समिति गठन गरेका छन ।

नगरपालिका द्वारा गरिएको सवै जो कार्य एक बर्ष नबितदै नष्ट हुने गरेको अवस्था छ । साथै आफनो तरिकाले कमिशन को आधारमा उपझौता समिति गठन तथा ठेका पट्टा दिने भएकाले आम जनताको रकम लाई दुरउपयोग गरेकाले प्रतिपक्षी दलको आरोप छ ।

नगरपालिका भित्र रहेका प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी, फोरम नेपाल र नेपाली कांग्रेसका पार्टीका नेताहरु संयुक्त रुपमा बैठक बसि हाल सम्म गरेको मनोमानी अनियमिता र भष्टचार बिरुद्ध १५ सदस्य संघर्ष समिति गठान गरेका छन ।

हाल सम्म धेरै मनोमानी गरी सरकारी रकमलाई दुरउपयोग गरेका पटक पटक सचेत गराउदा पनि कुनै किमिसको सुधार नगरेकाले बाध्य भई संघर्ष समिति गठन भएको एक जना प्रतिपक्षी दलका नेता जानकारी गराएका छन ।

नगरपालिका लाई बदनाम गर्ने तरिकाले कर्मचारीहरुले उपझौता तथा ठेकेदारहरु सँग २५ देखि ४० प्रतिशत सम्म कमिशन लिने गरेको गत बर्षका उपझौताले बताएका छन ।

चालिस प्रतिशत सम्मको कमिशनले के काम हुन्छ त्यसैले बनाएको वाटो बिग्ररेको एक जना उपझौता अध्यक्षले बताएका छन ।

के यही हो भष्टचार मुक्त नगरपालिका ?

img

Share: