• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हलुवाई जातीको आफ्नै इतिहास एवम् पहिचान रहेको भन्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड:समाजिक विकास मन्त्री साह

img

सप्तरी ,राजविराज । प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले हलुवाई जातीको आफ्नै इतिहास एवम् पहिचान रहेको भन्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ स्थित राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित समाजको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जातीय एकता अधिकारप्राप्तिको मूल आधार भएको बताउँदै उनले भने ‘हलुवाई जातिको आफ्नै इतिहास तथा पहिचान छ तर सङ्गठित हुन नसकेका कारण पछाडि छ, त्यसैले एकतावद्ध भएर अगाडि आउनु जरुरी छ ।’ हलुवाई जातिको विकासकालागि आफुबाट हुनसक्ने सक्दो सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि हलुवाइ समाज नेपालका केन्द्रिय अध्यक्ष शिवनारायण साहले हलुवाई जातिको विषयमा विभिन्न भ्रमहरु फैलाउने काम भईरहेकोले त्यसबाट समेत रहन हलुवाई जातिलाई आग्रह गरे । भारत सरकारले समेत जनगणनामा हलुवाई र कानुलाई अलग गणना गर्ने गरेको चर्चा गर्दै उनले भने ‘नेपालमा समेत हलुवाई र कानुको जनगणनामा समेत छुट्टै जातीको रुपमा गणना गरिएको छ, त्यसैले हलुवाई जातिको आफ्नै इतिहास र पहिचान छ, यसलाई जीवन्त राख्नु जरुरी छ ।’

पेशाको आधारमा समेत भिन्न अवस्था रहेको चर्चा गर्दै हलुवाई जातिको विषयमा पेशा भनेर गलत व्याख्या नगर्न समेत उनले आग्रह गरे । हलुवाई जातिले मानव सभ्यतादेखि हालसम्म समाजिक संरचना, बजार स्थापनाका साथै अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको उनले बताए । हलुवाई समाजले आमुल परिवर्तनहरुमा महत्वपूर्ण भुमिका रहेकोले जनजातीमा सुचिकृत गर्नुपर्नेमा समेत अध्यक्ष साहले जोड दिए ।

प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साह

समाजका जिल्ला अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा आयोजित अधिवेशनमा स्वजातिबाट प्रतिनिधित्व गर्ने स्थानिय निकायका जनप्रतिनिधि, सहिद परिवार, स्थानिय समाजसेवी, ब्यापारी, ज्येष्ठ नागरिक, हुलवाई समाजलाई उत्थान गर्ने तथा समाजमा पुरयाएको योगदानको उच्च मुल्याकंन गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहिद दिलिप साहकी पत्नी पूनम साह, केन्द्रिय उपाध्यक्ष दिनेश साह, राजविराज–जनकपुर उच्च अदालत वार ईकाईका अध्यक्ष रामान्नद साह, बाबा गणिनाथ पूजा समितिका अध्यक्ष रेशमलाल साह, हनुमाननगर नगरपालिका उपप्रमुख सरिता देवी यादव, महिला अधिकारकर्मी रमिला साह लगायतले शुभकामना मन्तवय व्यक्त गरे । कार्यक्रम सञ्चालन समाजका केन्द्रिय सचिव महेश कुमार साहले गरे ।

img

Share: