• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सडक सभ्यता अभिबृद्धि तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सडक सुरक्षा सप्ताह सम्पन्न

img

भुपदेव माली भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तिम दिन सम्पन्न गरिएका छन ।

भारदहका मोटर साइकल चालक ,सिटी रिक्सा चालक तथा आम नागरिकलाई सडक दुर्घटना तथा ट्राफिक नियम बारे चेतना दिने कार्य लगातार एक सप्ताह पुरा गरेका छन प्रहरी सहायक निरिक्षक श्याम प्रकाश यादवले जानकारी गराएका छन ।

ट्राफिक निति नियम पालन गर्न सचेतना दिलाउनका लागी संकेत चिन्हा प्रर्दशन, अडियो ,भिडियो, प्रर्दशन तथा प्रचार कम्पलेट, बितिरण गरी आम नागरिकलाई चेतना दिलाउने कार्य गरी एक सप्ताह पुरा गरेका छन ।

प्रहरी सँग सहकार्य गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय राजविराज तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथको संयुक्त आयोजनामा सडक सभ्यता अभिबृद्धि तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सडक सुरक्षा सप्ताह सम्पन्न गरिएका छन ।

img

Share: