रोशन झा, सुनसरी
१६ पौष २०७५, सोमबार।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका भन्टावारी सडक खण्ड अन्तर्गत आज विहान ६:४५ बजे माईक्रो र मालबाहक गाडी ठोकिएर दुर्घटना भएको छ।
काँकडभिट्टा बाट काठमाडौंका लागि छुटेको यात्रुवाहक माईक्रो (हाईस) ले मालबाहक गाडीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो, उक्त दुर्घटनामा परी आधा दर्जन बढी यात्रु गम्भीर घाईते भएका छन् भने माईक्रो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
तीव्र गति र अत्याधिक चिसोका कारण सडकमा लागेको कुहिरोले नदेखिने भएकोले यो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ, दुर्घटना को थप विवरण आउन बाँकी छ।