• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सहकारी

सहकारी संघको बार्षिक साधारणसभा सम्पन्न

img

सप्तरी राजविराज । सहकारी संघ सप्तरीको १० औं बार्षिक साधारण सभा राजविराजमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन प्रदेश नं.–२ का भुमि व्यवस्था एवम कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका थिए ।

सहकारी संघ सप्तरीको बार्षिक साधारण सभा मंच

प्रमुख अतिथि मन्त्रीसाहले भन्ने राज्यकै कारणले सहकारी फस्टयाउन नसकेको हो । सहकारी क्षेत्रलाई ५ बर्ष भित्रमा कुषिमय आत्मनिर्भर बनाउने लक्ष्य प्रदेशसरकारले लिएका बताए । सरकारले समय समय प्रदान गरेको मल , खाद्य, बिऊ कृषकहरुलाई समयमा बिचोलियाका कारण दुरुउपयोग हुने गरेकाले अब देखी सहकारी माध्यम वाट नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा राजविराज नगरपालिका वडा नं.–३का वडा अध्यक्ष सुर्दशन सिंह, राजविराज न.पा.इन्जिनियर अशोक कुमार दास, शहरी विकास डिभिजन कार्यालय इन्जिनियर मनिसा देवलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मन्त्री साहलाई सम्मान प्रदान गर्दे

साधारण सभामा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, त्रियुगा सहकारी संस्थाको अध्यक्ष शम्भु खडका लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

सभामा संघका अध्यक्ष दत्तले प्रगती प्रतिवेदन अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २०७४÷०७५ मा शेयर पुँजी ३ लाख ८० हजार ७ सय बाँकी ऋण लगानी ४९ लाख २० हजार , बैंक मौज्दात २३ लाख २५ हजार ७ सय ९ रुपैया र नगद मौज्दात २ लाख १६ हजार ९ सय ५६ रुपैया २६ पैसा र मल खाद्य बिक्री १ करोड ५६ लाख १४ हजार ४ सय ३२ रुपैया लगाइत आय व्याय प्रस्तुत गरिएका थिए ।

img

Share: