• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

आखिरमा ओली सरकारले सांसद रेशम चौधरीलाई पद र सपथ खुवाएकै हो

img

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् ।

विहीबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाएका हुन् ।

रेशम चौचरी आफनो संसद पदको लोगो देखाउदैं

सांसद चौधरीले थारु भाषामा सपथ लिएका थिए । सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिएका थिए । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका चौधरी सपथ लिन डिल्लीबजार कारागारबाट संसद सचिवालय पुगेका थिए । उनलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याइएको थियो ।

सपथग्रहण पछि उनलाई उच्च सुरक्षा सर्तकता साथ फेरी डिल्लीबजार कारागार लगिएको छ ।

कारागारमा बसेकालाई पदीय हैसियतमा सांसदको सपथग्रहण गराउँदै लोगो दिइएको नेपालकै संसदीय इतिहासमा यो पहिलो घटना हो ।

img

Share: