• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

आरएमडीसीवाट शाखा ब्यवस्थापन तालिम सम्पन्न

img

सुनसरी ।आरएमडीसी शाखा कार्यालय इटहरीको आयोजनामा शाखाब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६जना शाखा प्रबन्धकहरुले सहभागीता रहेको थिए।

तालिमको उद्घाटन संयोजक श्रीगोविन्द प्रसाद पौडेलले गरेका थिए । तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्नु का साथै उहाँले स्वच्छ लघुबित्त कार्यक्रमलाई सफल बनाउन ग्राहक सन्तुष्टीलाई केन्द्रमा राख्दै लघुवित्तको मर्म अनुसार लघुवित्त कार्यक्र्रम अगाडी लैजानु शाखा नै लघुवित्तको कार्यान्वयको महत्वपूर्ण एकाई रहेकाले शाखाब्यवस्थापकको ठुलो तथा महत्वपूर्ण भुमिका हुनेहुनाले यस तालिमले सो वारे ज्ञान अभिवृद्धी गरी शाखा प्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभएको थियो ।

उक्त तालिममा जीबनबिकाश समाजका  श्री संजय कुमार मण्डल,  श्री रोहित भण्डारी र श्री सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियोे ।

प्रशिक्षकहरुले शाखा ब्यवस्थापनको अवधारणा, ब्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व,भाखा नाघेको ऋण, असुलीका बिभिन्न उपाय तथा हालको अवस्थाबारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपनाबनाई राख्नअवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो ।


साथै लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमन तथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा बिकाश लगायत कर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिताबारे विश्लेषणत्मक अन्तरक्रिया गराएका थिए ।
तालिमको समापन आरएमडीसी ईटहरी शाखाका शाखाप्रन्धबक÷कार्यक्रमका संयोजकश्री गोबिन्द प्रसाद पौडेलले गर्नु भएको थियो।

img

Share:
Tags