• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सकरदहीमा सडक बाटो बन्दै

img

हनुमाननगर । बिस बर्ष देखि पछाडि परेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. २ सकरदहीमा बिकासीय निर्माणको कार्य दुरुतगतिमा भइरहेको छ ।

हनुमाननगर कंकालनी नगरपालिकाले दिएको बजेट मध्ये वडा नं. २ स्थित सकरदही टोलमा सडक बाटो घाटो र मंदिर बनाउने कार्य भइरहेको वडा अध्यक्ष संन्तोष यादवले बताउनुभयो ।

करिब रु ११ लाख ८० हजार र रु १५ लाखको लागतमा सकरदहीस्थित महादेव मंदिरदेखि कलभट सम्म १४१ मिटरको बाटो र कल्भटदेखि गोसाई मण्डलको घरसम्म ११३ मिटरको सडक ढलानको कार्य अगाडी बढाईको उहाँले जानकारी दिनुभयो ।

सो बटोमा अहिले माटो भर्ने कार्य सुरु गरिएको र माटो भर्ने कार्य सके लगते बाटो ढलानको कार्य सुरु गरिने पनि उहाँले बताउनुभयो ।

यसैगरी वडा नं. २ मै पर्ने सकरदही टोलमा मुसहर समुदायको लागि समुदायिक भवन निर्माण कार्य समेत सुरु गरिएको छ ।करिब रु ३ लाख ५० को लागतमा मुसहर समुदायको उत्थानको लागि सो समुदायिक भवन निर्माण कार्य थालिएको वडा कार्यालयले जनाएको छ ।

यस्तै डीहवार बाबा मंदिर पुनः निर्माणको लागि पनि रु ३ लाखको लगानीमा निर्माण कार्य सुरु भईसकेको छ ।उक्त गाउँमा रहेको हनुमान मंदिर रु १० लाखको लागतमा नयाँ मंदिर निर्माण कार्य समेत भरहेको वडा अध्यक्ष यादवले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य चौकी र वडा कार्यालय बनाउने कार्य अगामी आर्थिक बर्षमा गर्ने लक्षय राखिएको वडा अध्यक्ष यादवले भन्नुभयो ।

अहिले २नं.को वडा कार्यालय भाडामा लिई संचालनमा रहेको वडा सदस्य शिवचरण मण्डलले जानकारी दिनुभयो ।

img

Share:
Tags