• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

बालमैत्री नगर घोषणा गर्ने अभियानमा लाग्न सबै आग्रह

img

कंचनपुर । कंचनरुप नगरपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा शुरु भएको बाल संरक्षण नीति तथा आचार संहिता निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्थानिय शासनलाई सुदृढ गर्दै नगरलाई बालमैत्री बनाउने महायज्ञमा लाग्न सबै नरवासीलाई आग्रह गरे ।


उपप्रमुख निरु पोखरले नगरलाई बालमैमत्री घोषणा गर्ने अभियानमा सबै एकजुट भएर तोकिएकै समयमा बालमैत्री घोषणा गरी नगरपालिकालाई नमूना बनाउनुपर्नेमा जोड दिइन् ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्वर प्रसाद गुप्ताले नीति बनाएर मात्र नहुने त्यसलाई व्यवहारमा उतारी कार्यान्वयन गरेमा मात्र योजनाहरु सफल हुने बताए ।
बालमैत्री स्थानिय शासनका फोकल पर्सन राजेश कुमार यादव, बाल संजालकी सन्जु बुढाथोकी लगायतका वक्ताहरुले सबै वडाहरुमा सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै तोकिएको सूचकहरु पूरा गरी चैत्र मसान्त भित्र नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई सफल पार्न सबै एकता बद्ध भएर लागी कार्यक्रमलाई सफल पार्नु पर्ने बताए ।
वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बाल कल्व र बाल संजालका प्रतिनिधी, कर्मचारी, सल्लाहकार सहभागी रहेको कार्यशाला गोष्ठीमा यूनिसेफ विराटनगरका सुमन ढकालले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

img

Share: