• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन जारी

img

राजविराज । सप्तरीको गजेन्द्रनराण सिंह अस्पतालमा डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको थियो। चिसो लागेकाले बिहान ४ बजे अस्पताल ल्याइए पनि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै आफन्तले प्रदर्शन जारी राखेका छन्।

उनको सलाइन चढाएपछि मृत्यु भएको आफन्तको आरोप छ। अस्पतालबाहिर जम्मा भएका मृतकका आफन्तले नाराबाजी गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामासमेत माग गरेका छन्।

स्थिति नियन्त्रणमा लिन डिएसपी भावेश रिमालको कमान्डमा यतिबेला अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

मृतकका परिवार बाहिर रुवाबासी गरिरहेका छन्। उनको पोस्टमार्टम भएको छैन।

हुलदंगा मच्चिएपछि इमरजेन्सीका केही कर्मचारी भने भागेका छन्।

विरोधमा उत्रिएका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

img

Share: