• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पुनः प्रहरी माथि गोली प्रहार

img

सिहरा । सिरहामा प्रहरी टोली माथि गोली प्रहार गरेको छ । प्रतिकारमा प्रहरीले गोली चालाउँदा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–९ का २९ वर्षीय प्रमोद कुमार यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई नै उल्टै आक्रमणको प्रयास गरेपछि गोली हानेर पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।
यादवको दाहिने हातमा गोली लागेको र उनको अवस्थामा सामान्य रहेको एसपी श्रेष्ठले बताए । पक्राउ परेका यादवमाथि
लामो समयदेखि आपराधिक क्रियाकलापमा लागेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ ।

पहिला सप्तरीमा प्रहरी माथि गोली प्रहार
२०७५ माघ २ गते राति करिब ८ बजिरहेको थियो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्ग नगरपालिका ८ स्थित बिसनपुर चोकमा चहलपहल पातलिदैं थियो ।

यद्यपी यहाँका सबै पसल खुलेकै थियो । प्रहरीले खुलेका मदिरा पसल बन्द गराउन ड्यूटि गरिरहेका थिए । प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक हबल्दार र एक जवान चोकमा खटिएका थिए । टोलीको नेतृत्व गर्ने प्रहरी सहायक निरीक्षक राजमार्गको उत्तरतिरका पसल बन्द गराइरहेका थिए भने बाँकी दुई जना दक्षिणतर्फ बोदे बर्साइन जाने बाटोका पसल बन्द गराइरहेका थिए ।
त्यहीं समयमा दुई मोटरसाइकलमा आएका तीन जनाको समूहले प्रहरी भएको ठाउँदेखि करिब २५ मिटर नजिक रोकेर गोली प्रहार गरेका रहेछन्’ इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक बिष्णु प्रदीप बस्यालले भने, “प्रहरीलाई लक्षित गरी नै गोली प्रहार गरियो, जुन हबल्दार सतारको पिठ्यूँमा लाग्यो ।”
प्रहरी निरीक्षक बस्यालले प्रहरी सहायक निरीक्षक बीरबहादुर कार्की नेतृत्वको टोलीले मदिरा पसलहरु बन्द गराइरहेको अवस्थामा गोली प्रहारको घट्ना भएको सुनाए । सतारलाई कटुवा पेस्तोलको प्रयोग गरी गोली प्रहार गरिएको छ ।
सतरालाई गोली प्रहार गरिएपछि एकाएक खुलेका सबै पसल बन्द भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

img

Share: