• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लागु औषध सहित मानिस पक्राउ

img

राजविराज । ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
बोदेबर्साईन नगरपालिका वडा नम्वर ५ स्थित शत्रुधन चौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको सिरहाको लहान नगरपालिका वडा नम्वर २३ का १८ वर्षिय भरत यादवलाई आइतवार लागुऔषध सहित पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन २९ थान, फेनारगन ५१ थान, डाईजेल्याप ५० थान, नाईट्राभेट ६०० थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


यसैगरी सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ६ स्थितमा प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार साँझ भारतबाट भन्सार छली गरी ल्याएको बिडि १ बोरा, सुर्ति १ बोरा र राजनिवास १ बोरा गरी पचास हजार रुपैयाँ बराबरको सामानहरु बेबारिसे अबस्थामा फेला पारी बरामद गरिएको छ । उक्त सामानहरु भन्सार कार्यालय बेल्ही तिलाठी बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

img

Share: