• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा लँज तथा रेष्टुरेन्टहरुमा यौन क्रियाकलापको चलह पहल

img

राजविराज । पछिल्लो केही समय यता सप्तरीमा रहेका लँज तथा रेष्टुरेन्टहरुमा यौन क्रियाकलाप गर्नेहरुको चलह पहल निकै बढेका छन ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज नगरपालिका ७ स्थित राजदेवी लँज र दिपसाजन लँजमा अनैतिक क्रियाकलाप गरीरहेको आरोपमा तीन जना महिलासहित दश जनालाई पक्राउ गरेको हो ।


प्रहरीले गोप्य सुचनाको आाधारमा ७ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भावेश रिमालले जानकारी दिनुभयो ।

यता पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी आवश्या अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विगत केही समय यता सप्तरीबाट बैदेशिक रोजगारीमा गएका श्रीमतिहरु सो अनैतिक कार्यमा बढी संलग्नता रहेको प्रहरी श्रोतबाट बुझिएको छ ।

img

Share: