• img
  • img
img img img
Categories
शिक्षा समाचार

आज देशभरमा सरस्वती पूजा (बसन्त पंञ्चमी) मनाउँदै

img

सप्तरी । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने दिन हो। वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।

आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले मधेशका जिल्लाहरु मुर्ति निर्माण गरी धुमधामले पूजाआजा गरी मनाएको देखिन्छ ।  अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न छात्रछात्राको घुइँचो लागेको छ । साथै विद्यालय र क्याम्पसहरुले पनि सरस्वती पूजाको विशेष कार्यक्रम राख्ने गरेका छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘बसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

आजका दिन विवाह, व्रतबन्ध, राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि विद्यालय पठाउने, अक्षरारम्भ गराउने र नाक, कान छेडिदिन चलन छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

img

Share: