• img
  • img
img img img
Categories
शिक्षा समाचार

कर्जा बिश्लेषण तालिम सम्पन्न

img

सुनसरी । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाका ३२ जना ऋण हेर्ने कर्मचारी तथा ऋण समितीको संयोजकहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गर्नु भएको थियो भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गर्नु भएको थियो । तालिमको उद्घाटन सत्रको क्रममा तालिमका संयोजक पौडेलले तालिमको उद्देश्य तथा महत्व बारे प्रष्ट पार्दै स्वागत गर्नु भएको थियोे ।

तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका प्रबन्धक भोलानाथ रेग्मी र ईटहरी शाखाका शाखा प्रबन्धक गोबिन्द प्रसाद पौडेलले भुमिका निर्वाह गर्नु भएको थियोे । उहाँहरुले कुनै पनि बित्तीय संस्थाको मुख्य आम्दानी भनेको ऋण लगानीबाट प्राप्त हुने ब्याज रहेको हुदा संस्थाले ऋण लगानी गर्दा बिशेष ध्यानदिनु पर्ने कुरा दर्शाउनु भएको थियो ।

प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापन, नगदप्रवाह विवरणको फिल्डमा गै अभ्यास गरिनुका साथै ऋण बिश्लेषण फारम, ऋणका गुण स्तरका साथै बित्तीय सुचकहरुकाबारेमाजानकारी दिदै ऋण उप–समिती र ऋण अधिकृतको जिम्मेवारी,ज्ञान,सिपका बारेमासमेत प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षकहरुले तालिमलाई सहभागीता मुलकबनाउन बिभिन्न विषयमा समूह कार्य पनि गराउनु भएको थियो । तीन दिन सम्मचलेको उक्ततालिमको अन्त्यमा सहभागिहरुले आफुले तालिम मासिकेको कुरा व्यवहार माउतार्ने वताएका थिए ।

 

img

Share:
Tags