भारदह । माँ कंकालनी बचत तथा ऋण सहकारी संस्था लि. भारदह सप्तरीको ७ औं बार्षिक साधारण सभा भारदहमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष आकाश कुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन प्रदेश नं।–२ का भुमि व्यवस्था एवम कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका थिए ।
प्रमुख अतिथि मन्त्रीसाहले भन्ने राज्यकै कारणले सहकारी फस्टयाउन नसकेको हो । सहकारी क्षेत्रलाई ५ बर्ष भित्रमा कुषिमय आत्मनिर्भर बनाउने लक्ष्य प्रदेशसरकारले लिएका बताए । सरकारले समय समय प्रदान गरेको मल , खाद्य, बिऊ कृषकहरुलाई समयमा बिचोलियाका कारण दुरुउपयोग हुने गरेकाले अब देखी सहकारी माध्यम वाट नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहकारीवाट बचत तथा ऋणको कारोवार गरे हुदैन अब उत्पादन क्षेत्रमा लगानी गरी व्यवसाय मुखीकरण बनाउने सहकारी कर्मीलाई अपिल समेत गरेका थिए ।
सो अवसरमा जिल्ला सहकारी संघ का अध्यक्ष बिनोद दत्तले भन्ने अब सहकारी क्षेत्रमा लागेका सहकारी कर्मीहरु लाई आफुले उत्पादन गरेको आलु, प्याज, लसुन तथा केरा फलफूल स्टोरेज गर्नका लागी हाम्रो गौरव सहकारी सित भण्डार शिल्यान्स भईसको छ । आफुले उत्पादन गरेको समान भण्डार गरे अभावको समय उचित मुल्य प्राप्त गर्न सकिन्छ । यो सहकारी मुख्य उपलब्धी भएको समेत जनाएका थिए ।
सोहि अवसरमा गैर सरकारी महासंघ शाखा सप्तरीका अध्यक्ष शम्भुन्नद चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका १ नं. वडा अध्यक्ष भिमराज मण्डल, श्री कंकालिनी भगवती मन्दिर बिकास समिति तथा समाजसेवी लक्ष्मण मण्डल तथा संस्थाका संस्थापक अध्यक्ष रामदेव माली लगाइतलाई दोसल्ला तथा सम्मान–पत्र प्रदान गरी प्रमुख अतिथि मन्त्री साहको हाथवाट सम्मान गराएका थिए ।
त्यसै गरी पत्र–पत्रिका माध्यमले सहकारी क्षेत्रमा सहयोग पुप्याएको उच्च मुल्याङ्कन गर्दे कान्तिपुर टेलिभिजन सप्तरी सम्वादादा राम नारायाण बिश्वास(आरएन विश्वास)लाई सहकारी पुरस्कार नगद रु ५००१(अक्षरेपी पाँच हजार एक) सहित दोसल्ला ओढाई सम्मान गरेका थिए । साथै बाढी पिडित निः शुल्क स्वास्थ्य शिविर कार्यक्रममा संस्थालाई औषधी उपलब्ध गराएका एमआर दिलिप कुमार मण्डल, ललन कुमार झा, सुजित कर्ण लगाएका कदर पत्र सहित सम्मान गरिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य शम्भुनन्द चौधरी , बिनोद माझी , शुशिला मण्डल, प्रमानन्द मण्डल लगाइत व्यक्त गरेका थिए ।
सोहि अवसरका संस्थाका अध्यक्ष भण्डारी द्वारा प्रमुख अतिथि मन्त्री साहलाई, बिशिष्ट अतिथि संघका अध्यक्ष दत्त र अस्थाई ट्रफिक पोष्ट को असई श्याम प्रकाश यादव लाई माया को चिनो सहित दोसल्ला र माला लगाई सम्मान प्रदान गरेका थिए ।