भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा अवस्थित श्रीश्री १०८श्री कंकालिनी भगवती मन्दिर बिकास समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
९ महिना डिला भएतापनि दोस्रो साधारणसभा बडा उत्साह उमङ्ग साथ सम्पन्न भएका छन ।
सभाका अध्यक्षता विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले गरेका थिए भने प्रमुख अतिथि नगरपालिका वडा नं. १का वडा अध्यक्ष भिमराज मण्डलले गरेका थिए ।
सभाका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले गरेका थिए । साथै बिभिन्न संघ संस्था को प्रमुख तथा प्रतिनिधिहरु अतिथि ग्रहन गरेका थिए ।
साधारण सभामा कूल ९३ प्रतिनिधिहरु मध्ये ६७ जना सदस्य प्रतिनिधिहरु सहभागी भएका थिए ।
साधारण सभामा बिभिन्न किसिमका प्रस्ताव कार्यक्रम तथा बजेट बिनियोजन प्रस्तुत गरेको थिए ।
साधारण सभालाई सम्बोधित गर्दे पत्रकार महासंघका अध्यक्षले भने मन्दिर लाई व्यपारिक दृश्यटिकोणले नहेरी आस्थाको केन्द्र सम्झी मन्दिरको बिकास गर्नु पर्छ, नकि भक्तजनलाई आर्थिक मारदिई, भक्तजनको सुविधा तथा सेवामुखी बनाए मात्र भक्तजनको संख्यामा बुद्धि हुनसक्ने अनी मात्र बास्तविक विकास भएको भन्न सकिन्छ । मात्र भवन निर्माण गरी मन्दिरको विकास हुदैन । चोतर्फी विकास भए भने मन्दिरको विकास भएको भन्न पाइन्छ भने धारण राख्नु भयो ।
शुभकामना मन्तव्य दिनेमा पवन मण्डल, देवनाथ यादव, शंकर खडगा, प्रमानन्द मण्डल लगाइतले शुभकामना व्यक्त गरेका थिए ।
समितिका तर्फ वाट स्वागत मन्तव्य बिनोद माझी तथा कार्यक्रम संचालन ललन झाले गरेका थिए ।
समितिको तर्फ वाट अध्यक्ष प्रतिवेदन तथा लेखा प्रतिवेदन र सचिव प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा मन्दिर सेवाहरुमा कार्यरत कर्मचारी र मन्दिर परिषदमा व्यपार संचालन गर्ने व्यपारी १÷१ जना गरी उत्कृट घोषण गरी नगद सहित सम्मान गरेका थिए । साथै वर्तमान कार्यसमितिका उपाध्यक्ष स्वर्गिय हरि राउत प्रति श्रद्धाञ्जली अर्पन गरेका थिए ।
प्रस्तुत प्रतिवेदनहरु मध्ये लेखा प्रतिवेदन माथि बृहत छलफल गरी पारित गरियो ।
साथै कार्तिक मसान्त भित्र महाअधिवेशन गराउने प्रतिबद्धता सहित साधारण सभा सम्पन्न गरेका थिए ।