• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सामाजिक बिकास लंक्षित वर्ग कार्यक्रममा ब्रहमलुट

img

राजविराज । सप्तरीको महादेव गाउँपालिकामा लंक्षित वर्ग कार्यक्रम अन्तर्गत ब्रहम्लुट भएका छन ।

सामाजिक कार्यक्रम अन्र्तगत गैर सरकारी संस्था सँग सम्झौता गरी कार्यक्रम संचालन नगरी रकम दुरुउपयोग गरेका छ ।

अधिंकाश वडामा दुई वटा, तीन वटा कार्यक्रम रहेकाले एउटा कार्यक्रम संचालन गरी वाँकी कार्यक्रम फर्जी बिल भौचर मा समपन्न गरेका देखिन्छ ।

गाउँपालिकाको वडा स्तरीय लंक्षित वर्ग कार्यक्रममा गैर सरकारी संस्था सँग रकमको ५० प्रतिशत कमिशन लिइ कार्यक्रम सिपारिस गरेका छन । तर कार्य संचालन गर्ने बेलामा ३ दिने कार्यक्रम तथा तालिमहरु लाई १ दिन मै सम्पन्न गरेका पाइन्छ स्थानयिहरु गुनासो छ ।
बाकी २ दिनको रकमलाई वडा अध्यक्ष तथा गैर सरकारी संस्थाले वाँड फाँड गरेका देखिन्छ ।

वजेट रकमको ५ प्रतिशत रकम लंक्षित वर्ग कार्यक्रम अन्र्तगत बिभाजन गरिएको रकम यसरी अनियमिता गरेको पाइन्छ ।

गाउँपालिका स्तरीय कार्यक्रम अन्र्तगत नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा कमिशन चलखेल गरी कते कार्यक्रम नगरीकन रकम भाग बण्डा गरेको पाइन्छ ।
नगरस्तरीय कार्यक्रमको कुनै सूचन न प्रकाशित गरी कमिशनको आधारमा कार्यक्रम वाटैको पाइन्छ ।

वडा स्तरिय सामाजिक विकास कार्यक्रम अन्तर्गत सूचना प्रकाशन गरेतापनि बिभिन्न संघ संस्थाले प्रस्तावना पेश गरे तर संस्थाको क्षमता दक्षता प्रस्तावनाको मुल्याङन नगरी वडा अध्यक्षको दवाव तथा कमिशन खोरीका कारण वडा अध्यक्षके सिपारिसमा पुराने गैरसरकारी संस्था लाई कार्यक्रम दिने कार्य गरियो ।

त्यस्तै नगरस्तरीय कार्यक्रममा नगरप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको सिपारिसमा आपनै नातावाद कृपावादालाई केहि कार्यक्रम दिए पनि ५० प्रतिशतको दर रकमको वाँड फाँड गरिएको छ ।

सूचनामा प्रकाशित शर्तहरु लाई व्यवस्ता गर्दे सुचिकृत नगराएको तथा एक संस्थाले एक कार्यक्रम मात्र गर्न पाउने जस्ता कागजी दस्तावेजमा सिमित भएको पाइन्छ ।

गाउँपालिकाले बितरण गरेको कार्यक्रममा नकुनै अनुगमन न कुनै निरक्षण रेकदेख गरेका एक जना स्थानियले बताउ ।

एक कार्यक्रममा सहभागी भएको स्थानियले बताउछन, ३ दिने कार्यक्रमलाई १ दिने मै समाप्त गरी रु.५०० सयका दरले भात्ता पाएका छौ ।

कार्यक्रममा सहभागी वडा नं.–३ का एक जना महिला बताउछन, १० बजे तालिममा गएको र १२ बजे तालिम समाप्त भयो । भत्ता र नास्ता, एक थान कोपी, डेटपेन थान, लिइ घर र्फके
यसरी सामाजिक बिकास कार्यक्रम रकमको दुरुउपयोग तथा अनियमिता भएको पाइन्छ ।

गाउँपालिकाका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत मौन बसेका छन आखिर किन ?

img

Share:
img

ताजा अपडेट

क्याटोगरी