• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

लगातार बर्षाले गर्दा सप्तकोशी नदीमा पानीको चाप बढ्दे

img

भारदह । पहाडमा लगातार बर्षा भएका कारणले कोशी नदीमा पानीको चाप बढेको छ । कोशी नदी दिन प्रति दिन पानी चाप बढनाले कोशी व्यारेजका कर्मचारीहरु चिन्तीत भएका छन । यस बर्षको सबै भन्दा बढी पानीको वहाव भएको छ । आइतवार दिन देखि एक लाख क्यूसेक वहाव पार गरेका छ ।

तराई भू–भागमा कमती बर्षा भएतापनि पानीको वहावमा कमती भएको छन । तर पहाडमा बर्षा कम भएमा कोशीको वहावमा कमी आउने कोशी व्यारेज कर्मचारी बताउछन ।

कोशी नदीको पूर्व र पश्चिमी तटबंधमा सुरक्षा बढाएको छ ।

कोशी व्यारेजका कर्मचारी अनुसार बिहान कूल एक लाख एक हजार तीन सय पैतिस क्यूसेक पानी ढोका वाट वहाव गरिएको छ ।

कोशी नदीमा पानीको चाप बढेपछि भारतका गाउँहरु डुवानको खतरा बढेका छन ।

त्यस्तै कोशी नदीमा बर्षायममा पानीको चाप बढ्नाले कोशी छेउको गाँउहरु सजग सुरक्षित रहनका लागी कोशी बराज प्रमुखले अनुरोछ गरेका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी