• img
  • img
img img img

img

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा लगाइएको ताला १४ दिनपछि शनिबार खुलेको छ ।

स्थानीय युवाहरुले बिभिन्न माग राख्दै गत मंसिर २९ गते कार्यालयमा ताला लगाएका थिए । ताला खुलेसँगै आईतबारदेखि नगरपालिकाको कामकाज सुचारु हुने भएको छ ।

आन्दोलनरत युवा तथा नगरपालिका पदाधिकारी विच भएको २२ वुँदे सहमतिपछि युवाहरुले आन्दोलन फिर्ता लिएका हुन् । नगरपालिकामा आर्थिक अनियमितता भएको, कर्मचारी समयमा नआउने गरेको, विभिन्न काममा भएको खर्चको जानकारी नदिईएको, गुणस्तरहिन काम भएकोलगायतका आरोप लगाउँदै स्थानीय युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी गरेर नारावाजी, प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारी समेतको ध्यानाकर्षण गराउँदा पनि तत्काल माग पुरा नभएका कारणले तालाबन्दी लम्बिएको थियो । आन्दोलनरत पक्ष र नगरपालिकाका तर्फवाट उपमेयर इन्दुदेवी यादव संयोजक रहेको वार्ता समिति वीच सहमति भएपछि शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आईतवारदेखि कार्यालय सूचारु हुने जानकारी दिईएको छ ।

img

Share: