• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

हात्ती आंतक रोक्न मौरी पालन

img

राजविराज । सप्तरीको पूर्वी उत्तरी भेगमा कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरी पालनको योजना अघि सारेको छ ।

सप्तरीमा हात्ती आंतक रोक्न मौरी पालन
कानून अभावका कारण दिर्घकालिन रुपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरी पालनको आयोजना अघि बढाएको हो । ‘विज्ञहरुसँग सुझाव संकलन गर्दा विश्वकै परिपेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न कुनै पनि ठोस विकल्प छैन्रपाइएनन्’ अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले भने–‘तथापी, प्रभावित एरियामा मौरी पालन गरेर क्षति कम गर्न सकिन्छ भने उहाँहरुबाट पाएको सुझावसँगै सोही योजनामा कार्य गर्न आफुहरु अघि बढेका छौं ।’

अन्य धेरै ठाउँहरुमा पनि मौरी पालन गरेरै जङ्गली हात्ती नियन्त्रण भईसकेकोले गाउँपालिकाबाट स्थानीयहरुलाई सकेसम्म आर्थिक सहयोग दिएर पनि मौरी पालन गर्न लगाउने उनले बताए ।

img

Share: