• img
  • img
img img img
Categories
शिक्षा समाचार

हयाप्पीलैण्ड सेकेन्ड्री स्कुल ४१ औं वर्षमा प्रवेश

img

राजविराज । सप्तरी जिल्लामा अँग्रेजी माध्यमबाट पढाई हुने पहिलो विद्यालयको रुपमा चिनिएको यहाँ स्थित हयाप्पीलैण्ड सेकेन्ड्री स्कुल ४१ औं वर्षमा प्रवेश गरेको छ ।
विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याउदै सफलता पुर्वक ४० बर्ष पार गरेको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरेको छ । जिल्लाकै निजी क्षेत्रका पुराना तथा शैक्षिक क्षेत्रमा साख बनाएका सो विद्यालयले ४० औं वसन्त पार गरेको अवसरमा शैक्षिक प्रदर्शनि, फलफुल वितरण, सांस्कृतिक कार्यक्रम तथा स्मारिका बिमोचन लगायतका कार्यक्रम गरेका हुन ।


विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य एवं अर्थ समितिका सभापति मनिष कुमार सुमनले शिक्षण सिकाईका लागी उपयुक्त र स्तरिय शैक्षिक बातावरण उपलब्ध गराउँदै आएको यस विद्यालयले भविष्यमा पनि अझ समसमायिक, उपयुक्त र भरपर्दौ बातावरण प्रदान गरिरहोस भन्ने शुभकामना दिए ।

विद्यालयका संस्थापक पुष्प सिटौलाले विद्यालयमा अन्र्तनिहित प्रतिभालाई फल्न फुल्न दिई चाहिने बातावरण सृजना गर्न हमेसा तत्पर रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरे ।

प्रिन्सिपल विजयानन्द झाले आजको बालबालिका देशका भोलीका कर्णधार भएकाले यिनीहरुमा शिक्षाको ज्योति बाल्नुपर्छ भन्ने पवित्र उदेश्यका साथ २०३६ साल पौष २२ गते यस विद्यालयको स्थापना गरिएको जानकारी दिए
कार्यक्रममा सांस्कृतिक एवं शैक्षिक महत्व झल्किने सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनि समेत गरिएको थियो ।

img

Share:
Tags