• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

हात्ती आतङ्कले अन्नबाली लगाउन किसानहरु छोड्दै

img

कंचनरुप । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश २ का सभा सदस्य सत्यनारायण मण्डलले जङ्गली हात्ती आतङ्कले अन्नबाली लगाउन किसानहरु छोड्दै गएको बताएका छन् ।
चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्था बरमझिया कञ्चनपुरको मङ्गलबार वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जिल्लाको अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र मानिएको चन्द्र नहर अन्तर्गत सिंचाइ हुने सयौं विघा बाँझै रहेको उनले बताए ।

‘जङ्गली हात्ती आतङ्कले बाली लगाउन छाड्दै किसान’
संस्थाका अध्यक्ष बद्री महत्मान यादवको अध्यक्षतामा आयोजित साधारण सभामा प्रदेश सभा सदस्य मण्डलले चन्द्र नहरको मर्मत संभार र स्तरोन्नती गर्नुपर्ने अति आवश्यक भएको बताउँदै उनले राष्ट्रिय आयोजना आयोगबाट बजेट विनियोजन गरी यस वर्ष बिस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागेको जानकारी दिए ।

सोही कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्त मिश्रले किसानको श्रमलाई मान सम्मान नपाएकै कारण हात्तीले मच्चाउँदै आएको आतङ्क नियन्त्रणतर्फ सम्वद्ध निकाय गम्भिर नभएको बताए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल, संस्थाका उपाध्यक्ष रामदेव साह, साविक बैरबा गाविसका पूर्व अध्यक्ष भरतराज शर्मा, कमलपुरका पूर्व अध्यक्ष रामनारायण यादव, रुपनगरका पूर्व अध्यक्ष भूवनेश्वर यादव, संस्थाका सचिव विष्णेदेव यादव लगायतले मन्तव्य व्यक्त गरे ।

img

Share: