• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

भर्खरै आठ जना भारतीयमा (कोभिड–१९) पोजेटिभ’ आशंका

img

विराटनगर । उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा लकडाउनको समयमा लुकेर बसीरहेको आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ ।

यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।


नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेस्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

र्‍यापिड टेस्टपछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोसी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा आठ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार बिहान काठमाडौं पठाइएको छ ।

शंकास्पदहरुलाई भने विराटनगर ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ ।

img

Share: