• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लकडाउन कार्यान्वयन गर्न, पिपिई सहित प्रहरी परीचालन

img

सप्तरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पिपिई सहित थप प्रभावकारी रुपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय सप्तरीको अपिल ।

लकडाउन कार्यान्वयन गर्न र गराउन पिपिई सहित प्रहरी परीचालन गरी विना कारण हिड्ने व्यक्तिहरुलाई मेन क्याचिङ्ग डिभाइसको माध्यमले समात्ने र उद्धार गर्ने उपकरणद्वारा नियन्त्रणमा लिई सामाजिक दुरी कायम गराउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

लकडाउन उल्लंघन गर्नेलाई घाममा उभ्याई लकडाउनमा पालना गर्नुपर्ने नियमको बारेमा सम्झाई–बुझाई अब आईन्दा लकडाउन उल्लङ्घन नगर्ने शर्तमा छाडिएको र भविष्यमा हुन सक्ने महामारीको जोखिमबाट बच्न र बचाउन, संक्रमित व्यक्तिहरुलाई सम्बन्धित स्थान सम्म पुर्याउन र अन्य उद्दार कार्यमा जुनसुकै बखत परिचालन हुनसक्ने गरी यस जिल्ला तथा मातहत समेतमा पिआरटी प्यासेन्ट रिसिभिङ्ग टिम र र्यापिड रेसपन्स टिम टोली गठन गरिएको छ ।

कार्यालय प्रमुख तथा सम्बन्धित टोलीमा खटिएका कमाण्डरद्वारा टोलीको काम कर्तव्य, जिम्मेवारी र अपनाउनु पर्ने सुरक्षात्मक उपायको बारेमा आवश्यक निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

img

Share: