• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

उदयपुर जिल्लालाई सिल गर्ने प्रदेश सरकारको निर्णय

img

बिराटनगर । उदयपुरमा एकैदिन ११ जना कोरोना संक्रमित देखिएपछि प्रदेश–१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको न्यूज वन नेपाललाई जानकारी दिए।

प्रदेश नं १ सरकारका दुई वर्ष ः ...

जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भयो, उनले भने।
आज जिल्लाको भुल्केमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

योसँगै उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित भेटिएका छन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी