सप्तरी । प्रदेश नं.२ मा ६ सय ९ जनाको स्वाब परीक्षण गरिएको छ ।
६ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा १५ वटाको नतिजा आउन बाँकी छ । आएकामध्ये ५ सय ९० जनाको नेगेटिभ आएको छ भने पोजेटिभ आएका चार जनाको बीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सप्तरीमा ५४ जनाको स्वाब संकलन गर्दा १ जनाको रिपोर्ट आउन बाँकी छ । सिरहामा ६२ जना, धनुषामा ९५, महोत्तरीमा ११, सर्लाहीमा ४, रौतहटमा १ सय ४५, बाामा ६५ र पर्सामा १ सय ३८ जनाको स्वाब परीक्षण गरिएको छ ।
यस्तै, भारतबाट आएका ३२, काठमाडौंबाट आएका २ र कैलाली बाट आएका एक जनाको समेत स्वाब परीक्षण गरिएको छ ।
भारतबाट आएका समूहबाटै ३ जनामा कोरोना देखिएको छ । रौतहटमा पनि भारतबाटै आएका युवामा कोरोना देखिएको छ ।